FAQs Complain Problems

स्वयंसेवक आवश्यकता सम्बन्धी सूचना

(सूचना प्रकाशित मिति :२०७५/०२ /१८)

गुल्मीदरबार गाउँपालिकामा आगामी आ.व. देखि एकिकृत सम्पत्ती कर कार्यान्वयन गर्नुपर्ने भएकाले गाउँपालिका क्षेत्रभित्रका व्याक्तिहरुको एकिकृत सम्पत्ती सर्वेक्षणमा सहयोग गर्ने उध्देश्यले प्रतिवडा ४ जना स्वयंसेवक आवश्यक परेकाले तपसिल बमोजिमको योग्यता पुगेका सम्बन्धीत वडाका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र सम्बन्धीत वडा कार्यालयहरुमा तपसिलका कागजात सहित निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ।                        

तपसिल

१. सम्बन्धीत वडाको नागरिक ।

२. न्यूनतम योग्यता (SLC वा SEE उत्तिर्ण गरेको),

३. १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने ।

४. अन्य प्रचलित कानुनद्वारा अयोग्य नभएको ।

५. दरखास्तमा संलग्न गर्नुपर्नेः उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, फिल्डमा खटिई काम गरेको अनुभव भए सो को प्रतिलिपि। पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्ने ।

आर्थिक वर्ष:

वडा प्रतिनिधिहरु