FAQs Complain Problems

गुल्मीदरबार गाउँपालिकाको परिचय

गुल्मीदरबार गाउँपालिका नेपालको संविधानको धारा २९५ बमोजिम कायम भएका स्थानीय तह मध्येको एक गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक महत्व बोकेको गुल्मीदरबार ५ नं. प्रदेश अन्तर्गत गुल्मी जिल्लामा अवस्थित साविकका गाउँ विकास समितिहरु बलिथुम, जुभुङ्ग, गौंडाकोट, विरवास, अमरअर्वाथोक र दरबार देवीस्थान को संयोजनबाट बनेको छ । साविकको दरबारदेविस्थान गा वि स २ वटा वडा भई हाल यस गाउँपालिकामा ७ वटा वडा कार्यालयहरु रहेको छन् । ७९.९९ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या २२०३७ छ भने केन्द्र गौंडकोटमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा छत्रकोट र चन्द्रकोट गाउँपालिका, पश्चिममा रेसुङ्गा नगरपालिका, उत्तरमा चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिका, दक्षिणमा छत्रकोट गाउँपालिका र अर्घाखाँची जिल्ला रहेका छन् ।

वडा प्रतिनिधिहरु